Harsamaya
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ
परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको शपथ गराउँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update