Harsamaya
संसद् पुन:स्थापनाको माग गर्दै ६० निवर्तमान सांसदको रिट निवेदन दर्ता
सर्वोच्च अदालत ।

काठमाडौं - संसद् पुन:स्थापनाको माग गर्दै ६० निवर्तमान सांसदले रिट निवेदन पेस गरेका छन् । नेपाली कांग्रेसका ५७, अन्य दलका २ र एक जना स्वतन्त्र निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।

नेपाली कांग्रेसका ५७, स्वतन्त्र रूपमा निर्वाचित योगेन्द्र मण्डल, जनमत पार्टीका गोमालाभ सापकोटा र जसपाका हसीना खातुनसहित कुल ६० जना निवर्तमान सांसदहरूले रिट निवेदन दर्ता गराएका छन् । 

संसद् पुनःस्थापनाका लागि कांग्रेसले यसअघि नै दर्ता गरेको रिट निवेदनमा आफूहरू पनि सरोकारवाला रहेको भन्दै उनीहरूले निवेदन पेस गरेका हुन् । यसअघि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जनाले निवेदन दिएका थिए ।

कांग्रेसले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरिसकेको छ । भोलि बुधबार संवैधानिक इजलासमा यसअघिको रिटमा साथै राखेर सुनुवाइ हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update