Harsamaya
नुवाकोट कारागारको ब्लकलाई बाल सुधार गृह बनाउने सरकारको निर्णय
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- सरकारले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो । विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राखिनेछ ।

मन्त्रिपरिषद्ले केन्द्रीय कारागारको खाली भएको एउटा ब्लकलाई मात्रै बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update