पर्सा - पर्सा प्रहरीले लागुऔषध ७६ हजार १७० पिस ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेकामा शुक्रबार सार्वजनिक गरेको हो ।
वीरगञ्ज महानगर–१५ स्थित प्रतिमाचोकस्थित टिकट काउन्टर अगाडि रोकी राखेको बागमती प्रदेश ०८–०००१ ज ०११७ नम्बरको सार्वजनिक विद्युतीय गाडीबाट सो परिमाण बराबरको लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले जानकारी दिए ।
उनका अनुसार वीरगञ्ज महनगर–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, सोही ठाउँका २१ वर्षीय अफजल देवान, बेनिघाट रोराङ गाउँपालिका–६ का रामहरि मगर र सिदलेख गाउँपालिका–७ का राजकुमार मगराति पक्राउ परेका छन् ।
पर्सा प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

