बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जोशीसहित ४ जनाविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो । जोशीसहित पालिकाका सब-इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब-इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको छ ।
बेलडाँडी गाउँपालिकाका-२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर घर जग्गा धितोमा राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको अभियोगपत्रमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ २०:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

