Harsamaya
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
तस्वीरः हर समय/harsamaya

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।सोमबार ‘पालिका स्तरीय सात चरणको योजना र बजेट तर्जुमा’ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको कार्यालय नवलपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा टाकुरे, सल्लाघारी, लाटाभगै, किनारा, आपचौर र नरानथान गरी छ वटा महिला समूहका १२ जना अगुवाहरू सहभागी भएका थिए।कार्यक्रममा टाकुरे समूह अध्यक्ष ज्ञानु तामाङ र कोषाध्यक्ष सुकुमाई तामाङ‚ सल्लाघारी समूह अध्यक्ष मिना लामा, सचिव अष्टमाया तामाङ सहभागि भएका थिए ।

यस्तै लाटाभगै समूहका अध्यक्ष सानुकान्छी राणा मगर, कोषाध्यक्ष तारा राणा मगर‚ किनारा समूह अध्यक्ष सुशीला माझी सचिव सुनिता माझी‚ आपचौर समूह अध्यक्ष फुलमाया तामाङ, कोषाध्यक्ष निर्मला श्रेष्ठ‚ नरानथान समूह अध्यक्ष कमला तामाङ, कोषाध्यक्ष राममाई तामाङको सहभागिता रहेको थियो ।

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत मनहरी बरालले सहभागी १२ जना अगुवालाई स्थानीय सरकारका सात चरणीय योजना प्रक्रिया‚ पूर्व योजना‚ वस्तीस्तर योजना‚ वडास्तर योजना‚संयुक्त क्षेत्रगत योजना‚ एकीकृत योजना‚ बजेट निर्माण सभाबाट पारितको विस्तृत व्याख्या गर्दै व्यवहारिक पक्षसमेत प्रस्तुति गराका थिए ।

कार्यक्रम सेन्टर फर इन्डोजेनियस इन्भारोन्मेन्ट रिसर्च नेपालले क्यानडा सरकारको साझेदारीमा, आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोक तथा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग सहकार्यमा सञ्चालन गर्दै परियोजनाअन्तर्गत आयोजित हो।परियोजनाअनुसार इन्द्रावती गाउँपालिकाका तीन वडामा छ वटा महिला समूह गठन गरी क्षमता अभिवृद्धि तथा जलवायु सम्बन्धी क्रियाकलाप सञ्चालन हुँदै आएका छन्।

अभिमुखीकरण कार्यक्रममा वातावरणविद् विजय सिंह, फिल्ड संयोजक पानमाया तामाङ, सामाजिक परिचालक शिला तामाङलगायतको उपस्थिति उल्लेखनीय थियो।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update