Harsamaya
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली साथमा नेतृ डा आरजु राणा देउवा र राधिका शाक्य ।

काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । 

भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी थिए । जेनजी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update