Harsamaya
एनपीएलमा आज एक खेल‚ लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन हारसहित ६ अंक नै जोडेको छ ।

शुक्रबारको एकमात्र खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ । लुम्बिनीले हार व्यहोरेमा तालिकाको चौथो हुने टिमले ६ अंकसहित प्लेअफमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update