Harsamaya

काठमाडौं - प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्ध र सुशासन एवं आर्थिक–वित्तीय क्षेत्रसँग सम्बन्धित मागहरू सहित ४ बुँदे ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदन किराँतीले जानकारी दिए ।

उनले भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए ।

‘भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौँ ।’

त्यस्तै, घोषित फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्ने, वैदेशिक रोजगार, शिक्षा लगायत अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने लगायत माग आफूहरूले राखेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update