बाजुरा - बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।
अध्ययनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिव नगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्।
उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । उनको खोजी कार्य भइरहेको भए पनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको बेपत्ताका आफन्त महेश जैशीले बताए ।
उनका अनुसार बेपत्ता बालकको खोजीको लागी प्रहरी समक्ष निवेदन सहित खोजतलासको लागी आग्रह गरिएको समेत बताए । साथै जो कोहीले पनि खोजी गरिदिन हुन आग्रह गरेका छन्।
बेपत्ता जोशीलाई कोही कसैले भेटाएमा सम्पर्क नम्बर ९७६८४९२४००,९७६६९७०८२१२ र ९७६६५५८७६५ सम्पर्क गरी सहयोग गरिदिन हुन आफन्तले आग्रह गरेका छन्। खोजीमा सहयोग गर्न अपिल गर्दै जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीमा समेत जानकारी गराइएको छ । तर बालकको खोजी कार्य जारी भए पनि अहिलेसम्म भेटाउन सकिएको छैन।

