Harsamaya
एमालेको संसद् पुनःस्थापना मागिएको रिट दर्ता, १७ गतेलाई तोकियो पेसी
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट बुधबार दर्ता भएको हो । मंसिर १७ गते बुधबारका लागि पेसी समेत तोकिएको उनले जानकारी दिए ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर एमालेले रिट दायर गरेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update