Harsamaya
सुनको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन ५०० ले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ४७ हजार ९०० मा कारोबार भएको सुन आज २ लाख ४८ हजार ४०० मा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २२० मा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update