बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय कुमार पक्राउ
दाङ - ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-७ मानपुर बस्ने २१ वर्षीय कुमार विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ २१:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

