राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ - राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
मंसिर ९ गते मंगलबार बस्ने गरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो ।
बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १०:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

