Harsamaya
सुनको मूल्य घट्यो
सांकेतिक तस्विर: हर समय/Har samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update