क्यानले सार्वजनिक गर्यो एनपीएल दोस्रो संस्करणको टिकट मूल्य (सूचिसहित)
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टिकट मूल्य सार्वजनकि गरेको हो ।
क्यानका अनुसार उद्घाटन खेल हेर्नका निम्ति सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अन्य दिनमा सामान्यतर्फ ५०० र प्रिमियममा एक हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जारी गरेको मूल्यमा उल्लेख छ ।
यसैगरी प्लेअफ र फाइनलका निम्ति भने सामान्यतर्फ नै एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ । सिजन पासको १५ हजार रुपैयाँ तोकिएको छ ।
क्यानले खल्ती एपबाट टिकट काट्न सकिने जनाएको छ । प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ २०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

