६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल
काठमाडौं- नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली महिला फुटबल टोली र इरानको महिला टोलिबिच आज खेल हुन लागेको हो ।
यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
कप्तान सावित्रा भण्डारीले नेपाली टिम इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली बुधबार भारत पुगेको थियो ।
नेपाल र इरानबिच ६ वर्षपश्चात् खेल हुन लागेको हो । २०१९ मा भएको उक्त खेलमा नेपालले इरानलाई ३-० गोलले हराएको थियो । त्यसबखत दुई गोल गरेकी भण्डारी अहिले टिम कप्तान् छिन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

