-1758256220.jpg)
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिर्ष राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछिन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिएको जानकारी अनुसार कार्कीले आज सात राजनीतिक दललाई छलफलमा बोलाइएकी हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्री कार्कीले २१ फागुनका लागि तोकिएको निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको रावलले बताए।
उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् ।