विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाडौं - नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदैछ ।
इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय