महाराष्ट्रको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            नयाँ दिल्ली - पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखाना भित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भंडारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए ।
विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुरहरू फसेका थिए ।
अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।
विष्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । 
‘उद्धार टोलीहरू घटनास्थलमा तैनाथ छन् । प्रभावितहरूलाई सहयोग पुर्याउन सबै प्रयासहरू भइरहेका छन्,’ सिंहले सामाजिक सञ्जालमा पोस्टमा उल्लेख गरेका छन् । 
                        प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:४७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)