Harsamaya
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २४ वर्षीय लक्ष्मण पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बाँके - १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update