विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौं - जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।
जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।
विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।
सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय