
एजेन्सी - हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ । सोमबार राति चार बन्धकहरूको शव अन्तर्राष्ट्रिय रेडक्रस मार्फत इजरायललाई हस्तान्तरण गरिएको हो ।
हमासले विपिन जोशी, योसी शाराबी, गाय इलोज र डेनियल पेरेट्जको शव फिर्ता गरेको बताएको छ । इजरायली सेनाले मृतक बन्धकहरूको चारैवटा कफिन प्राप्त गरेको पुष्टि गरेको छ ।
जेरुसेलम पोष्टका अनुसार शवहरू फोरेन्सिकका लागि पठाइएको छ । जहाँ विज्ञहरूले बन्धकहरूको पहिचान र मृत्युको कारण पुष्टि गर्नेछन्।
अज्ञात रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि सोमबार बिहान इजरायली सेनाले गरेको थियो । विपीन इजरायलले गरेको हवाई आक्रमणमा मारिएको हमासले पनि पुष्टि गरेको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरू मारिएका थिए । हमास लडाकूहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए । उनको रिहाइका लागि आमा र बिहनी पुष्पा जोशी इजरायले देखि अमेरिकासम्म पुगेका थिए ।अन्तत विपीन जोशी जिवित नरहेको सोमबार मात्रै पुष्टि भएको छ ।