Harsamaya

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि देशमा विदेशीहरूको प्रभाव बढेको बताएका छन् । उनले विदेशीहरूले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन् । 

सोमबार झापाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै भाद्र २३ गते दुई घन्टा मात्रै जेनजी आन्दोलन भएको ठोकुवा गर्दै २३ गते १ बजेपछि आन्दोलन पूरै विदेशीको कब्जामा गएको बताए । उनले देशलाई विघटन गर्नको लागि देशका सम्पूर्ण संरचनाहरूमा आगजनी गरिएको बताए । 

उनले भने,‘भाद्र २३ गतेको जेनजी आन्दोलनमा दुई घण्टा मात्र बच्चाहरूले गरेका हुन् ।  ११ बजेदेखि १ बजेसम्म आन्दोलन जेनजीहरुको थियो । १ बजेपछिको आन्दोलन पूरै विदेशीको कब्जामा गयो । देशको ऐतिहासिक दस्ताबेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरूमा आगो लगाइयो । देशलाई विघटन गर्नको लागि भएका संरचनाहरू सबैमा आगो लगाइयो । एउटा कोठामा आन्दोलनको डिजाइन भयो ।’

सरकार डलरमा आएको भन्दै उनले नीतिगत रूपमा देश कब्जा मात्र गरेको बताए । उनले आगामी फागुन २१ गते निर्वाचन नहुने दाबी समेत गरे । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update