बाजुरा - बाजुरामा सोमबार राती देखि लगातार वर्षा भईरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ ।
सोमबार रातिदेखि लगातार वर्षा भईरहेकोले चिसो समेत बढेको छ । लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भूभागमा हिमपात समेत भएको छ।
बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । विशेषगरी बडीमालिका नगरपालिका,गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ ।
केही दिन देखि चर्को घामले सुख्खा रहेको बाजुरामा सोमबार राती देखि भने लगातार वर्षा भईरहेको छ । वर्षा सुरु भएएछि स्थानीय कृषकहरु भने खुसी भएका छन् ।वर्षा भएसँगै सडकखण्ड हिलाम्मे भएका छन्।
सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधानहरुलाई सडकखण्ड चिप्लो भए पछि समस्या भएको छ । लगातार पानी परेपछि अत्यन्तै जाडो बढेकोले अहिले स्थानीय घरभित्रै आगो बालेर बसिरहेका छन्।
सदरमुकाम मार्तडी बजारमा पनि चहलपहल न्यून छ । चिसोले मानिसको आवतजावत ठप्प जस्तैः छ । लगातार वर्षाका कारण बालबालिका वृद्धवृद्धा बढी प्रभावित बनेका छन्।पानी परेर चिसो बढेकोले स्थानीयलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न आग्रह गरिएको छ।

