Harsamaya
भारतकोमा भारी वर्षाका कारण २४ जनाको मृत्यु
दार्जिलिङमा बाढी पहिरो ।

एजेन्सी - पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू काटान हुनुका साथै गाउँहरू तहस नहस भएको जनाइएको छ । 
  
प्रकोपले व्यापक विनाश गर्नुका साथै हिमालयको फेदमा रहेको बस्तीका सयौं बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ । प्रकोपका कारण सुचना तथा सञ्चार  सञ्जालहरु पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् ।  

अधिकारीहरुका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान सुरु गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update