जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति

जनकपुरधाम - जेनजीको आन्दोलनमा मधेस प्रदेशमा २ सय ९७ कार्यलयमा तोडफोड भएको छ । आन्दोलनको क्रममा ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७ करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।
क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय