Harsamaya
तुइन खोलामाल पहिरो खस्दा नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध
नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध ।

चितवन : नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध भएको छ । इच्छा कामना गाउँपालिका–५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट फेरि लेदोसहितको पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको हो ।  इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरो स्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धैर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा असोज महिनामा मात्र तिन पटक पहिरो गइसकेको छ ।  पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update