सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

काठमाडौं - सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो ।
आजदेखि रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ १०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय