Harsamaya
आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

जनकपुर - जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउन्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चार वटा चार पाङ्ग्रे गाडी, चार वटा मोटरसाइकल, सिसिटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update