जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख सहयोग गर्ने (पत्रसहित)

काठमाडौं - जेन्जी आन्दोलनको क्रममा कर्तव्यपालनामा प्राण गुमाएका प्रहरीप्रति नेपाल प्रहरीले विशेष श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षकसम्मका कर्मचारीको तलब कट्टा गरी मृतक प्रहरी परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने तयारी भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार यो निर्णयले संगठनको आत्मसम्मान मात्र होइन, परिवारको मनोबल उच्च राख्ने बताए ।
जेन्जी आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ २२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय