Harsamaya
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ

जनकपुर - जेनजी आन्दोलनको दिन काठमाडौंको नख्खु कारागारबाट फरार भएका ४ जना विदेशी कैदी धनुषामा पक्राउ परेका छन् । पक्राउ पर्ने चारै जना विदेशी नागरिक हुन् ।

पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई धनुषासँग जोडिएका सीमा नाका भारतीय प्रहरीको समन्वयमा पक्राउ गरिएको धनुषा प्रहरीको भनाई छ । पक्राउ परेकाहरूलाई काठमाडौं नख्खु कारागारमै पठाउने तयारी भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update