Harsamaya
नेपाल प्रहरीले गर्यो वातावरण प्रदुषण रोक्न अनुरोध
नेपाल प्रहरी ।

काठमाडौं - नेपाल प्रहरीले वातावरण प्रदुषण रोक्न अनुरोध गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदुषणणले मानिसको मानसिक र शारिरिक स्वास्थ्यमा असर पर्ने हुँदा वातावरण प्रदुषण रोक्न अनुरोध गरेको हो ।

प्रहरीले राति अनावश्यक आवाज नगर्न, बिहानको शान्ति कायम गर्न, शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत रहन अनुरोध गरेको छ। यस्तै सामाजिक र धार्मिक क्रियाकलापमा सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले ध्वनि प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई तीन लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको जनाएको छ । यस्तै समाजमा ध्वनि प्रदुषण गरेमा प्रहरी कन्ट्रोल रुम १००, १०३ मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ। 

541870737_24363188043302451_6465497334157172089_n-1756970551.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update