
एजेन्सी - अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा २० जना भन्दा बढीको मृत्यु भएको छ। भूकम्पबाट नान्गारहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् ।अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
बीबीसीको पश्तो सेवाका अनुसार तालिबान सरकारले यस भूकम्पमा सयौं मानिसहरूको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेको छ । भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत भूभाग पहाडी छ।
भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्।कतिपय क्षेत्रमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन।
कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई बताएअनुसार भूकम्पका कारण आएको बाढी र पहिरोका कारण यस क्षेत्रका सडकहरू बन्द भएका छन्।तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोग खोजिरहेको बताएका छन्।
२०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखिए, जसमा करिब १,००० जनाको मृत्यु भयो।
त्यसबेला पनि पहिरोका कारण दुर्गम गाउँहरूमा राहत र उद्धार कार्यमा बाधा पुगेको थियो। त्यसबेला पनि हवाई मार्फत राहत र उद्धार कार्य गरिएको थियो।