Harsamaya
रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार

रौतहट - रौतहट प्रहरीले पक्राउ गरेका लक्ष्मण पासवानले रुबी साहको हत्या गरेको स्वीकार गरेका छन् । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान आत्मदाह गर्नु अघि बनाइएको भिडियोमा स्वीकार गरेको पाइएको हो । उनले करिब ९ मिनेटको भिडियोमा  रुबीसँगको प्रेम सम्बन्धबारेमा धेरै कुराहरू खुलाएका छन् । विद्यालय समय काल देखि नै हामी बिच सम्बन्ध थियो उनले भने,‘अदालतमा गएर विवाह पनि गरेका हौँ ।

आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।

उनले भिडियोमा भनेका छन्,‘मेरो जान मरिसकेकी छ ,“म बाँचेर के गर्नु । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update