जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन

जनकपुर - निजी विद्यालय सञ्चालकहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरूले आज जनकपुरधाममा प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका हुन् ।
संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको सङ्गठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
शान्तिपूर्ण विरोध जुलुस जनकपुरधामको विभिन्न चोक हुँदै मधेश प्रदेश सभा अगाडि पुगेर कोण सभामा परिणत भएको थियो।कोणसभामा बोल्दै सञ्चालकहरूले निजी विद्यालयलाई गैर नाफा मूलक बनाउनुपर्ने प्रावधान प्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरूले ऐन नसच्याए निरन्तर विरोध गरिरहने चेतावनी समेत दिएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२ १९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय