Harsamaya
हर समय
हर समय
भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति
भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ ।
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण दक्षिण एसियाली क्षेत्रमा यस वर्ष औसत आर्थिक वृद्धि दर ६.६ प्रतिशत हुने अनुमान भए पनि नेपालमा राजनीतिक अस्थिरताका कारण वृद्धि दर घट्ने विश्व बैंकको निष्कर्ष छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत नै जफत
पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत नै जफत पटक पटक म्याद थप गरी विसं २०८१ चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । 
नुवाकोटमा खुकुरी हानेर श्रीमानले गरे श्रीमतीको हत्या
नुवाकोटमा खुकुरी हानेर श्रीमानले गरे श्रीमतीको हत्या घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् । 
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।
टी–२० विश्वकप छनोट : नेपाली टिम कुवेतसँग खेल्दै
टी–२० विश्वकप छनोट : नेपाली टिम कुवेतसँग खेल्दै टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै छ ।
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।
‘नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णायक’ (भिडियोसहित)
‘नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णायक’ (भिडियोसहित) नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णयक हुने बौद्ध दर्शनका प्राध्यापक डा.नरेशमान बज्राचार्य बताउँछन् । उनका अनुसार नेपाली समाजमा विगतमा ‘तडकभडक’ गर्ने प्रवृत्ति देखिए पनि अहिले हिंसात्मक गतिविधि बढ्दो अवस्थामा रहेको छ ।
टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान
टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान राजधानीको टेकु दोभान क्षेत्रमा मंगलबार एक युवतीको शव फेला परेको छ। काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मृत अवस्थामा फेला परेकी हुन्।
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।
Weather Update