Harsamaya
हर समय
हर समय
खाँदबारी–किमाथाङ्का सडक निर्माणमा तीव्रता दिन मन्त्री खड्काको पहल
खाँदबारी–किमाथाङ्का सडक निर्माणमा तीव्रता दिन मन्त्री खड्काको पहल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्काले शुक्रबार रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भइरहेकाे भन्दै रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको छ। नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत् परियोजनाअन्तर्गत ह्याचरी मिर्मीले कालीगण्डकी नदीसहित आँधीखोला तथा आसपासका खोलामा छाड्ने गरी भुरा उत्पादन गरी वितरण गरेको हो।
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड' नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्। बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन्। जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो।
जापान सरकारले वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट
जापान सरकारले वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ। बजेटले वृद्ध जनसंख्या व्यवस्थापनका लागि सामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ।  सरकारले सन् २०२५ को अप्रिलदेखि शुरू हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च...
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन्। अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो। 
दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डक-सोला महाभियोग, चोई साङ मोक नियुक्त
दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डक-सोला महाभियोग, चोई साङ मोक नियुक्त दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन्। निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन् । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू सम्झिरहेको शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 
कार्यापालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा
कार्यापालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधासम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।
कार्यापालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा
कार्यापालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधासम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।
भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए । प्रधानमन्त्री पद...
Weather Update