Harsamaya
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै ।

काठमाडौं - अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै छ ।

बुधबार मलेसियाको बायुमास ओभलमा हुने खेलमा नेपाली महिला टिम मलेसियासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पाँच खेलको सिरिजमा २–२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो ।

नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७ः४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update