Harsamaya
हर समय
हर समय
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न खाँडाचक्र नगरपालिका-१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहु प्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु. दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बिनाकुमारी शाहीले जानकारी दिइन् ।
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताए । 
आजको तस्वीर : तोरीखेती
आजको तस्वीर : तोरीखेती
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी
बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गत पुस २१ देखि २५ गतेसम्म माध्यमिक विद्यालयस्तरीय धुम्रपान मद्यपानलगायत लागुऔषध प्रयोग निवारणसम्बन्धी पाँचदिने चित्रकला तालिम सञ्चालन गरिएको थियो । सो चित्रकला तालिममा बनाइएका चित्रहरुको आइतबारदेखि मङ्गलबजारमा प्रदर्शनी गरिएको हो ।
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।
यी चार प्रदेशमा वर्षाको सम्भावना
यी चार प्रदेशमा वर्षाको सम्भावना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ  धार्मिक पर्यटकरुको आवागमन बढेको हो । मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८  पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक...
वृषलाई नयाँ व्यवसाय सुरु गर्ने मौका, कर्कटको प्रेमको बन्धन कसिने
वृषलाई नयाँ व्यवसाय सुरु गर्ने मौका, कर्कटको प्रेमको बन्धन कसिने कुम्भ  अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
Weather Update