Harsamaya
हर समय
हर समय
सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो।
अठार वर्षपछि हुग्दीशिर–शान्तिपुर सडकमा कालोपत्र गरिँदै
अठार वर्षपछि हुग्दीशिर–शान्तिपुर सडकमा कालोपत्र गरिँदै बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।  सडक कालोपत्र गर्न रु ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
सामुदायिक वन उद्योग दर्ताको अभावले बढायो वन डढेलो: महासङ्घ अध्यक्ष ठाकुर भण्डारी
सामुदायिक वन उद्योग दर्ताको अभावले बढायो वन डढेलो: महासङ्घ अध्यक्ष ठाकुर भण्डारी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष...
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार मालढुंगा-बेनी सडक अन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।  कुश्मा नगरपालिका-१ माझी बस्तीबाट जलजला गाउँपालिका-८ खनिया घाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । 
स्याङ्जामा सुन्तलाको व्यवसायमा नयाँ कीर्तिमान: एक अर्ब १२ करोडको बिक्री
स्याङ्जामा सुन्तलाको व्यवसायमा नयाँ कीर्तिमान: एक अर्ब १२ करोडको बिक्री यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपर जोनका सूचना अधिकारी प्रतिभा...
प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य
प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।
कोशी प्रदेशमा जङ्गली हात्तीको आतंक: दुई जनाको ज्यान गयो, स्थानीय त्रसित
कोशी प्रदेशमा जङ्गली हात्तीको आतंक: दुई जनाको ज्यान गयो, स्थानीय त्रसित जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा...
महिला समूहले जीवन्त बनाए पन्चैबाजाको परम्परा
महिला समूहले जीवन्त बनाए पन्चैबाजाको परम्परा परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चै बाजा हिजो आज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चै बाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।  युवा शक्ति विदेश पलायन भएपछि संकटमा पर्न थालेको पन्चै बाजा बजाउने प्रचलन पछिल्लो...
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि...
जङ्गलका स्याउलाबाट रोजगारी र जैविक मल उत्पादन
जङ्गलका स्याउलाबाट रोजगारी र जैविक मल उत्पादन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन सुरु गरिएको उनको भनाइ छ । ‘विनयी...
मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस
मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन्। नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं...
Weather Update