Harsamaya
ठगीको अभियोगमा पक्राउ
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ पक्राउ छन् ।
 
अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

निजलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update