होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह
सोमबार, फागुन १८, २०८२
उनले फागु पूर्णिमासँगै प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका छन्। शान्तिपूर्ण, मर्यादित र सफल निर्वाचनबाट लोकतन्त्र संस्थागत हुँदै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने उनको विश्वास छ।
वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा
सोमबार, फागुन १८, २०८२
यो खेलसँगै सेमिफाइनलमा पुग्ने चारै टोलिको टुंगो लागेको छ। जसअनुसार इंग्ल्यान्ड, नूजिल्यान्ड, दक्षिण अफ्रिका र भारतले सेमिफाइनल खेल्नेछन्।
कुन विदेशी मुद्राको भाउ कति पुग्यो ?
सोमबार, फागुन १८, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा र बिक्रीदर १९६ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षा
सोमबार, फागुन १८, २०८२
कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल
सोमबार, फागुन १८, २०८२
उनले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबिचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।
आज फागुपूर्णिमा अर्थात् होली पर्व
सोमबार, फागुन १८, २०८२
यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सोमबार, फागुन १८, २०८२
आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । घरेलु कामले तपाईँलाई अधिकांश समय व्यस्त राख्नेछ।
फागुन १७ : मध्यपूर्वमा अलपत्र नेपालीलाई सुरक्षित राखिने देखि दुई दिनमा ८० हजारले काठमाडौं छाडेको सम्म
आइतबार, फागुन १७, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा
आइतबार, फागुन १७, २०८२
मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो ।
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं
आइतबार, फागुन १७, २०८२
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्।
मनाङमा कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील क्षेत्रमा
आइतबार, फागुन १७, २०८२
हालसम्म सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि क्षेत्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका सामग्रीसहित त्यसतर्फ निस्किएका मुख्य निर्वाचन अधिृकत रामप्रसाद पौडेलले जानकारी दिए। नार्पाभूमि क्षेत्रमा जाने बाटोको हिउँ पन्छाएपछि मात्र सामग्रीसहित त्यसतर्फ पठाइएको उनले बताए।
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल
आइतबार, फागुन १७, २०८२
समितिले विगतमा अनुभूति गरिएका समस्याको समाधानका लागि यस वर्ष समुदाय र पर्वको निर्णय दिने व्यक्तिसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ । समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले भने, ‘पर्व परम्परालाई एकरूपता दिन विगत वर्षमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटेका छौँ । विगतमा विवाद देखिएका...
नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित
आइतबार, फागुन १७, २०८२
कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।
साताको लोकप्रिय

