Harsamaya
वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं - भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजो राति सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै साविक विजेता समेत रहेको भारत सेमिफाइनलमा प्रवेश गरेको हो । 

१९६ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि सञ्जु सामसनले उत्कृष्ट पारी खेले। १९.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको भारतका लागि सामसन ५० बलमा ९७ रनसहित अविजित रहे। उनले १२ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, तिलक वर्माले २७, हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर र शाई होपले दुई–दुई तथा अकिल होसेनले एक विकेट लिए।

त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङमा उत्रिएको इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १९५ रन जोड्यो।

उसका लागि रोस्टन चेजले ४० रन बनाउँदा जेसन होल्डर ३७ तथा रोभमन पोवेल ३४ रनमा अविजित रहे। यस्तै, कप्तान शाई होपले ३२, शिमरोन हेटमायरले २७ रन जोडे।

यो खेलसँगै सेमिफाइनलमा पुग्ने चारै टोलिको टुंगो लागेको छ। जसअनुसार इंग्ल्यान्ड, नूजिल्यान्ड, दक्षिण अफ्रिका र भारतले सेमिफाइनल खेल्नेछन्।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update