गोसाइँकुण्डमा स्नानको क्रममा डुबेर दुई जना बेपत्ता
सोमबार, साउन १२, २०८२
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरू डुबेर बेपत्ता भएको आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाईंकुण्ड पठाइसकिएको छ ।

प्रधानमन्त्री ओलीले द्रुतमार्ग सुरु विन्दु समस्या समाधानका लागि पहल गर्ने
सोमबार, साउन १२, २०८२
खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
सोमबार, साउन १२, २०८२
ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १९० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।

विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी
सोमबार, साउन १२, २०८२
बिरामी परेका सबै व्यक्ति गुठिचौर गाउँपालिका–१ मणिसाँघुस्थित लेखकमान महतराको घरका सदस्य रहेका छन् । घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
सोमबार, साउन १२, २०८२
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ ।

साउनको दोस्रो सोमबार : हेटौँडाको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
सोमबार, साउन १२, २०८२
धार्मिक विश्वासअनुसार, साउनको सोमबार व्रत गरेमा मनोकाङ्क्षा पूर्ण हुने र अटल सौभाग्य प्राप्त हुने मान्यता रहेको छ। यसै विश्वासका आधारमा आज बिहानदेखि नै व्रतालु महिला, पुरुष र युवाहरूको उल्लेख्य उपस्थिति मन्दिर परिसरमा देखिएको थियो।

देशभर मनसुनी वायुको प्रभाव, बागमती प्रदेशसहित तीन प्रदेशमा भारी वर्षा
सोमबार, साउन १२, २०८२
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ
सोमबार, साउन १२, २०८२
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

आजको राशिफल : सफलता, प्रेम र सावधानीका संकेतहरू आजको आकाशमा !
सोमबार, साउन १२, २०८२
आज २०८२ साउन १२ गते सोमबार । आजको दिन आकाशमा ग्रहहरूको चाल निकै प्रभावशाली देखिन्छ। कोहीका लागि प्रेममा मीठो मोड आउनेछ भने कसैका लागि धनप्राप्तिको सुन्दर अवसर खुल्दैछ।

ओभरलोड नियन्त्रणमा कडाई गर्न महानिरीक्षक थापालाई आग्रह
आइतबार, साउन ११, २०८२
महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ ।

यी चार प्रतिभाले पाए विपी कोइराला राष्ट्रिय पुरस्कार
आइतबार, साउन ११, २०८२
प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने
आइतबार, साउन ११, २०८२
देशभरका सम्पूर्ण राहत शिक्षकहरुले हाम्रो माग मुद्धा सम्बोधन नभै आन्तरिक प्रतिस्पर्धा कै कुरा बिधेयक मा आएमा सांकेतिक बिरोध स्वरुप विधेयक सदनमा पेश भएको भोलिपल्ट कालोपट्टी बाँधेर अध्यापन गर्ने र बेलुका एक छाक महासंघको नाम मा नुन बार्ने ।

निर्माण नसकिँदै भत्कियो पर्खाल, गुणस्तरहीन काम गरेको आरोप
आइतबार, साउन ११, २०८२
सो गुनासोपछि निर्माणको जिम्मा पाएको एसकेएए कन्सट्रक्सन एण्ड सप्लायर्स निर्माण कम्पनीले भत्किएको ठाउँमा टालेर स्थानीयको आँखामा छारो हाल्ने काम गरेको आरोप लागेको थियो ।
साताको लोकप्रिय