सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
धादिङ - धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरो पन्छाएर सडक खुलाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ। टोलीले पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

