बर्दियामा कुटपिट गरी बुवाको हत्या, १९ वर्षीय छोरा पक्राउ
बर्दिया - बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ परेका छन्।
गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा अन्दाजी ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका टेकराजको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ १४:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

