काभ्रेमा जीप २०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
काभ्रे - काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। मृतकहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स परिचालन गरिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

