Harsamaya
हर समय
हर समय
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो ।
पूर्व विशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीप्रति डा. शेखरको कडा असन्तुष्टि
पूर्व विशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीप्रति डा. शेखरको कडा असन्तुष्टि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले नागरिकको आक्रोश बढिरहेका बेलामा पूर्व विशिष्टलाई आजीवन सुविधा दिनु विनाशकाले विपरित बुद्धि रहेको भनेर असन्तुष्टि जनाएका छन् ।
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने- 'हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।'
बागलुङ-पोखरा चल्ने इभीको भाडा घट्यो
बागलुङ-पोखरा चल्ने इभीको भाडा घट्यो प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँचवटा बस सञ्चालन गरेको छ भने बागलुङ- नारायणगढका लागि पनि पाँचवटा बस सञ्चालनमा ल्याएको अध्यक्ष केसीले जानकारी दिए ।
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बिमा शुल्कमा छुट पाउने छन् ।
बिजुली पुगेको छैन ? प्राधिकरणलाई खबर गर्नूस् 
बिजुली पुगेको छैन ? प्राधिकरणलाई खबर गर्नूस्  नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लामा यस आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेकोले कहीँ कतै कुनै गाउँ वा टोल छुटेको भए चैत ३ गतेभित्र जानकारी दिन सार्वजनिक सूचना जारी गरेको सूचना अधिकारी खिमराज आचार्यले जानकारी दिए ।
एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै
एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै पछिल्लो तथ्यांक अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फाराम भरेका थिए । परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ।
चैतमा पनि बैंकको ब्याजदर घटेन
चैतमा पनि बैंकको ब्याजदर घटेन व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था छ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एनएमबि र एनआइसी एसिया बैंकले सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याजदर दिने भएका छन् । 
जहाज बिग्रिएपछि दुई महिनादेखि टरिगाउँमा गएन विमान
जहाज बिग्रिएपछि दुई महिनादेखि टरिगाउँमा गएन विमान  टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन् । 
तराईमा आज होली मनाइँदै
तराईमा आज होली मनाइँदै सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रूपमा होली पर्व मनाउने गरिएको छ ।
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
Weather Update