
काठमाडौं - अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२औँ संस्करणका उत्कृष्ट फिल्महरूलाई अवार्ड वितरण गरिएको छ ।
गत बुधबारदेखि सुरु भएको फेस्टिभलमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी फिल्म देखाइएको थियो । किम्फ फाउण्डेसनद्वारा आयोजित फेस्टिभल ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा सुरु भएको थियो ।
यसपालिको संस्करणमा निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) थियो ।
त्यस्तै चलचित्र महोत्सव (किम्फ) को २२औँ संस्करणका सबैभन्दा उत्कृष्ट फिल्मको अवार्ड ‘फ्यामेलिम्यान’नामक चलचित्रले पाएको छ । उक्त फिल्मले एक लाख रुपैयाँ नगद राशि प्राप्त गरेको हो ।
त्यस्तै अन्य उत्कृष्ट फिल्म अर्वाड पाउने फिल्महरु ‘बर्ड अफ अ डिर्फरेन्ट फिचर’, ‘सङ अफ लभ एण्ड हेट’, ‘बटरफ्लाई भुटान’, ‘विट्उइन दि माउन्टेन्ड दि स्काइ’, ‘कट कथा’ जस्ता फिल्महरुले अवार्ड पाएका थिए ।