
काठमाडौं - काठमाडौं उपत्यकामा अब चक्रपथ भित्र आन्दोलन, धर्ना, अनसन, जुलुस र प्रदर्शन गर्न दुई महिनासम्म निषेध गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार यो निर्णय लिइएको हो।
प्रशासनले चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा भइरहेका विभिन्न विरोध कार्यक्रमहरूले अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायातमा अवरोध सिर्जना गरिरहेको भन्दै यस्तो निषेधाज्ञा जारी गरेको हो। साथसाथै सार्वजनिक सम्पत्ति तथा शान्ति सुरक्षामा समेत असर पर्न सक्ने आधारमा जिल्ला सुरक्षा समितिको सिफारिसमा यो निर्णय लिइएको प्रशासनले स्पष्ट पारेको छ।
यी क्षेत्रमा निषेधाज्ञा लागू नहुने ?
सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीतर्फको क्षेत्र, र बल्खु क्षेत्रमा विशेष रूपमा लागु हुनेछ।
यद्यपि, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने कार्यक्रमहरूलाई भने तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न मिल्ने छ।
यो आदेश २०८२ साल जेठ १९ गतेदेखि लागु हुनेछ र अधिकतम दुई महिनासम्म कायम रहनेछ।
यस निर्णयलाई प्रशासनले “सार्वजनिक सुरक्षाको हितमा लिएको आवश्यक कदम” भनेको छ भने आलोचकहरूले “आन्दोलन दवाउने रणनीति” भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।